उत्तम शर्मा
दिन पछि रात हुन्छ छेक्दा छेकिदैंन
प्रकृतिको नियमलाई तोडन सकिदैंन
धनी गरीव उँचनीचको खाल्टो पुरिएन
विकास संगै विनाश आयो रोक्दा रोकिएन ।
हाँसो भित्र आँशु हुन्छ बाहिर देखिंदैन
मुटु भित्र दर्द हुन्छ भन्न सकिंदैन
मनको ब्यथा दबाइन्छ कहिँ खोलिंदैन
विवादमा पर्नु भन्दा बरु बोलिंदैन ।
खुसि मात्र खोज्नेहरु सफल भेटिंदैन
दुख पर्दा जिन्दगीमा आत्तिने चाँही हैन
नैतिक बनी बाँचिराखे पछि परिंदैन
सत्यलाई मेटाएर कहिल्यै मेटिंदैन ।
सन्तुष्टि मै आनन्द छ सम्पत्तिमा छैन
दुई दिनको जिन्दगी यो मरी लाने हैन
जीवन-चक्र यस्तै नै छ मेट्दा मेटिंदैन
घर भित्रै नै स्वर्ग हुन्छ अन्त भेटिएन ।
टेक्सस, अमेरिका