टेक्ससमा टकले कारलाई ठक्कर दिदा दुई नेपालीको दुख्द निधन

टेक्सस अमेरिकाको टेक्ससको टायलरमा ६ जना नेपाली सवार कारलाई टकले ठक्कर दिदा दुई जनाको घटनास्थलमा ज्यान गएको छ । भने घटनामा चार जना घाईते भएका छन् ।
स्टोर व्यवसायी दिनेश काकी र उनको श्रीमति गंगा कार्की र छोराहरु ११ वर्षिय इमेज कार्की र ६ वर्षका इमान कार्की संगै सृजन ज्ञवाली तथा सृजन प्याकुरेल सवार थिए ।
घटनामा ११ वर्षिय इमेज कार्की र कारमा सवार सृजन ज्ञवालीको दुख्द निधन भएको छ । गंभीर अवस्थामा दिनेश र गंगा कार्की तथा छोरा इमान कार्कीको अस्पतालमा उपचार भइरहेको छ भने सृजन प्याकुरेलको उपचार पछि अवस्था सामान्य रहेको बताइएको छ ।
घटना अनुसार शनिवार साझ टेक्ससको टाइलरमा हावा हुन्डरीले घरमा बिजुली गएपछि उनिहरु एउटा कारमा निस्केका थिए । पछाडीबाट १८ पाग्रे टकले ठक्कर दिदा उनिहरु सवार कार तीन पटक सडकमा पल्टेको थियो ।
यतिबेला घटना पछि कार्की तथा ज्ञवाली परिवार शोकमा डुबेको छ । उनिहरुको सहयोगका लागी फोटवर्थ निवासी विवेक पराजुलीले गोफन्ड मार्फत आव्हान गरेका छन् ।