टेक्सस –रक्तदान, जीवनदान भन्ने मुल उदघोष सहित शनिवार फोटवर्थ स्थित हट एन्ड स्पाइसी ग्रिलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
इन्द्रेणी सांस्कृतिक संघ, प्रवासी नेपाली एकता समाज तथा बिडीएफको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
उक्त अवसरमा ड्यालस फोटवर्थ क्षेत्रमा रहेका नेपालीहरुले स्वतःस्र्फुत रुपमा रक्तदान गरेका थिए । कार्यक्रममा २१ ज्नाले रक्तिदान गरेको इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीले जानकारी दिए ।


पछिल्लो क्रममा ड्याल फोटवर्थ क्षेत्रमा नेपाली समुदायहरु रक्तदान कार्यक्रममा सहभागी हुने क्रम बढ्दो छ ।
ब्लर्ड डोनर्स एशोसिएसनले टेक्सस लगायत अमेरिकाका विभिन्न राज्यमा नियमित जसो रक्तदान कार्यक्रम गदै आएको छ । आइतबार मात्र टेक्ससको ड्यालस फोटवर्थ , लवक लगायत विभिन्न ४ ठाउ“मा रक्तदान कार्यक्रम भएको ब्लड डर्नस एशोसिएसनका निर्वतमान अध्यक्ष नन्द रेग्मीले जानकारी दिए ।
२००९ मा टेक्ससमा ब्लड डर्नश एशोसिएसन स्थापना भएपछि यहा“ नियमित रुपमा नेपालीहरु रक्तदानमा सहभागी हुदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected