ड्यालासमा अब नेपाली डाक्टरहरुद्धारा नेपालीलाई स्वास्थ्य सेवा

ड्यालास शहरमा नेपाली डाक्टरहरुले सम्पुर्ण स्वास्थ्य जांच गर्ने सुबिधा भएको मेडिकल क्लीनीक शुरु गरेका छन् । नेपाली डाक्टहरुले सम्पुर्ण स्वास्थ्य जांच गर्न मिल्ने सुविधा सहितको क्लीनीक ड्यालासको अर्भिगं शहरमा सन्चालनमा ल्याएका हुन् । यस क्षेत्रमा नेपाली डाक्टरहरु धेरै भए पनि पुर्ण सेवा प्राप्त हुने नेपालीहरुले सन्चालन गरेको क्लीनीक पहिलो पटक शुरु भएको छ । अमेरिकाको बिभिन्न अस्पतालमा बिगत दुई दशक देखी काम गर्दै आएका नेपाली डाक्टरहरुको समुहले टेक्सास प्राईमेरी केयर स्पेसलिस्ट नामक मेडिकल क्लीनक ७४२९ लस कोलिनस बुलुभड अर्भिंगंमा सन्चालनमा ल्याएका छन् । नेपालको नेपालगन्ज मेडिकल कलेजबाट एमबिबीएस अनि शिकागोको प्रेसेन्स सेन्ट जोसेफ हस्पीटल शिकागो हुदंै युनिभर्सीटी अफ नेभडामा असिटेन्स प्रोफेशरको समेत अनुभव संगालेका बिश्वास उपाध्याय प्राईमेरी केयर फिजिसियन रहेका छन् भने बच्चा देखी बृद्धसम्मका प्राय सबै रोगका बिशेषज्ञ डाक्टर यस क्लीनकमा रहने जनाइएको छ ।
डाक्टर उपाध्यायका अनुसार नेपालीहरुको ठुलो बस्ती रहेको ड्यालासमा नेपाली भाषामै बोलेर सबै खालका मेडिकल सेवा दिने क्लीनकको धेरैले आवश्यकता औल्याएकद्दोले आफुहरु यंहा आएको बताएका छन् । डाक्टर मन्दीप आर्चाय, डाक्टर बिश्वास उपाध्याय, डाक्टर अमित बजाज, डाक्टर प्रियंका अग्रवाल र एफएनपी दिपा बराल लागयातको टिमले चेकजांच गर्ने क्लीनीकमा नेपालीभाषीका लागि बिषेश सहुलियत प्याकेज राखीएको बताएका छन् । ईन्सोरेन्स नहुने नेपालीका लागि एक बर्ष सम्मको जम्मा १५० डलरको मेम्मबरसीपमा पुरै शरिर चेक गर्नुका साथै ल्याब जांच पनि ब्यवस्था राखिएको छ । साथै अन्य उपचारको जाचंका प्याकेजमा साथै एक पटक मात्र चेक गर्नेका लागि पनि अरुलाई भन्दा नेपालीभाषीलाई धेरै सहुलियत रहेको डाक्टर उपाध्यायले बताएका छन् । आफुहरु सबैभन्दा पहिला नेपालीहरुलाई नै सहजरुपमा सेवा दिने उदेश्य लिएको उनिहरुले बताएका छन् ।