अस्टिनमा अर्पामेन्ट कम्पलेक्स भित्रै बन्दुक आक्रमणबाट रमेश थापाको दुख्द निधन
टेक्सस– टेक्ससको अस्टिनमा कामबाट घर फर्केका नेपाली युवा रमेश थापाको अज्ञात समुहको गोली प्रहारबाट मगलबार राती निधन भएको छ ।
पोखरा नजिकैको सराङकोट स्थायी घर भएका ३९ वर्षिय थापाको बन्दुक आक्रमणबाट गएको हो । ग्यास स्टोरको काम सकेर अर्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे कोनकोर्ड अपार्टमेन्ट कम्प्लेक्स भित्र गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट उनको ज्यान गएको छ ।
भाइ संगै अस्टिनमा बस्दै आएका थापा माथि किन आक्रमण गरियो भन्ने बारेमा केही थाहा हुन सकेको छैन । अहिले उनको शब पोस्टमार्टमका लागी अस्पतालमा राखिएको भाइ लक्ष्मण थापाले जानकारी दिएका छन् । उनी काम गर्ने स्थान र अर्पाटमेन्ट ५ माइल दुरीमा रहेको छ ।
झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए । तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए । दाजुको दुख्द निधन पछि भाइ लक्ष्मण भावविह्वल बनेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...