युलेस (टेक्सास) । श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्सासको १७औँ वार्षिकोत्सव तथा मासिक सत्सङ्ग कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। नोभेम्बर २१, २०२६ का दिन आयोजित उक्त कार्यक्रममा धार्मिक अनुष्ठान, एकाहा पाठ पारायण तथा विविध आध्यात्मिक एवं सामुदायिक गतिविधिहरू सम्पन्न गरिएका छन्।

समाजका अध्यक्ष दिपक ढकालको अध्यक्षता तथा युलेस सिटी काउन्सिलका प्रो–मेयर (Pro-Mayor) टिका पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष उषा हुमागाईले उपस्थित सम्पूर्ण अतिथि तथा भक्तजनहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।

कार्यक्रममा मन्दिरका महन्त सन्त पौडेल, वाणी शास्त्री चन्द्र प्रसाई, विदुषी बिमला ओलीलगायतका धर्मगुरुहरूले आध्यात्मिक प्रवचन तथा पाठ पारायण गर्नुभएको थियो।

उक्त विशेष समारोहमा नेपाली समाज टेक्सास (NST) का पूर्व अध्यक्ष राजेन्द्र वाग्ले, NST का वरिष्ठ उपाध्यक्ष जिवलाल भुसाल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) का कार्यवाहक अध्यक्ष छवि चापागाई, लुम्बिनी समाजका अध्यक्ष युधिष्ठिर नेपाल, NST पाठशालाका प्रिन्सिपल ओजेश उप्रेती, बोर्ड अफ ट्रस्टीज (BOT) का अध्यक्ष राजु हुमागाई, महिला समिति अध्यक्ष लक्ष्मी पौडेल, समाजका निवर्तमान अध्यक्ष नुरनाथ सुवेदी, NRNA टेक्सास च्याप्टरकी सचिव लता सुवेदी र NCSC का कोषाध्यक्ष दिनेश न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

युलेसमा ४ एकड जग्गामा नयाँ मन्दिर निर्माण हुँदै सन् २००९ मा स्थापना भएको श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्सासले हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो शनिबार आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ। डालास–फोर्टवर्थ (DFW) क्षेत्रमा एक सक्रिय धार्मिक तथा सामाजिक संस्थाका रूपमा छुट्टै पहिचान बनाउन सफल प्रणामी समुदायले युलेस सिटीमै ४ एकड जग्गा खरिद गरी नयाँ मन्दिर निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको जानकारीसमेत सो अवसरमा गराइएको थियो।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected