कोरानाको बिरामी उपचारमा खटिएका भारतीय मुलका डाक्टर बाबुछोरीको कोरोनाबाटै मुत्यु
अमेरिका–अमेरिकाको न्युजर्सिमा कोविड–१९ का बिरामीको सेवामा खटिएका भारतीय मुलका डाक्टर बाबु छोरीको कोरोना संक्रमणकै कारण मुत्यु भएको छ ।
न्युजर्सिमा कोरोनाका बिरामीको सेवामा खटिएका सर्जन डाक्टर सत्येन्द्र देव खन्ना र उनकी डाक्टर छोरी प्रिया खन्नाको मुत्यु भएको हो । न्युजर्सिका गर्वनर फिल मर्फिले समेत ट्वीट गदै डा बाबु–छोरीको मुत्यु प्रति दुख व्यक्ति गदै अरुको जिन्दगी बचाउन आफनो जिन्दगी समर्पित गरेका छन् । उनले यो दुख्द घडीलाई व्यक्त गर्ने शब्द नरहेको उनले बताए ।
मृतक ७८ वर्षिय डा खन्ना न्युजर्सिको कयौ अस्पतालको सर्जिकल विभागको प्रमुख थिए । त्यस्तै ४३ वर्षिया छोरी प्रिया युनियन अस्पतालको चीफ अफ रेजिडेंट्स थिइन । उनिहरुको पुरै परिवार नै चिकित्सा क्षेत्रमा रहेका छन् । सत्येन्द्रको मुत्यु आफैले ३५ वर्ष सम्म काम गरेको मेडिकल सेन्टरमा भएको थियो । यही अस्पतालमा छोरी प्रियाको पनि निधन भयो । छोरी प्रिया एसेक्स काउन्टीको दुई डायलसिस सेन्टरको मेडिकल डाइरेक्टर पनि थिइन ।
सत्येन्द्रको श्रीमति कोमलिस खन्ना पनि बाल चिकित्सक हुन । उनका अन्य दुई छोरी सुगन्धा र अनिस पनि डाक्टर छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...