टेक्ससकाे युलेसमा पोखरेली युवा दीपेशको दुख्द निधन

टेक्सस– टेक्ससको युलेसमा लामो समयदेखि बसोबास गदै आएका ३७ वर्षिय युवा दीपेश थापाको दुख्द निधन भएको छ ।
युलेसस्थित घरमै सुतीरहेको अवस्थामा तीन दिन अघि उनको निधन भएको हो ।
दाजु तथा व्यवसायी दिवश थापाले भाईकाे दुख्द निधन भएकाेमा दुख व्यक्त गरेका छन् । तीन दिन अघि दीपेश घरमै सुतेकाे अवस्थामा मृत भेटिएका थिए । उनि मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थिए ।
‘मैले फोनमा धेरै पटक सम्पर्क गर्दा पनि भाईकाे फाेन उठेन’ युलेसमा रहेका दाजु दिवश थापाले भने– घर पुगेर हेर्दा पनि दिउसो अबेरसम्म ऊ सुतीरहेको थियो, उठाउन खोेजे उठेन ।’
उनले भाइलाई भेटदा नाकबाट रगत बगीरहेको थियो । शरीर पनि हलचल नभएको देखेपछि तुरुन्तै उनले ९११ म कल गरेर प्रहरी बोलाएका थिए । प्रहरी आएपछि उनलाई मृत घोषित गरिएको थियो । दीपेशको शनिवार नै ड्यालसमा अन्तेष्टि गरिएको छ । उनकाे हदयघातका कारण निधन भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
पोखराको न्युरोड स्थित दरबारथोकका स्थायी बासिन्दा दीपेश २००३ मा अध्ययनका लागी अमेरिका आएका थिए । परिवारमा तीन सन्तानमा उनी कान्छा हुन ।
उनले ग्रयाजुवेट गरेर जागीर खान थालेका थिए । पाच वर्ष अघि बिहे गरेका थापाको एक श्रीमति रहेकी छिन् । उनी डिएफ डब्लु एयरपीेर्टमा ड्युटी फ्रि स्टाेरमा सुपरभाईजर थिए ।
भाई आएको तीन वर्प पछि मात्रै दाजु दिवस अमेरिका आएका थिए । भाई दीपेशको निधनमा टेक्ससमा रहेका विभिन्न व्यक्ति तथा संघ संस्थाले उनको निधनमा दुख व्यक्त गरेका छन् ।
युएसनेपाल पोष्ट पनि दीपेशको निधनमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।