अमेरिकाको न्युजर्सिमा एक परिवारका चार जनाको शब आफनै घरबाट बरामद

अमेरिका-अमेरिकाको न्युजर्सिमा आफनो घरमै दुई बच्चा सहित एक दम्पत्तिको शब बरामद भएको छ।
घटनामा ४३ वर्षिय तेजप्रताप सिंह र ४२ वर्षिया सोनल परिहार सहित १० वर्षिय छोरा आयुष र ६ वर्षिया छोरी एमीलाई न्युजर्सिको प्लेन्सबोरो स्थित घरमा मृत फेला पारिएको हो ।
भारतीय मुलका दम्पत्ति र दुई छोराहरुको हत्या पछि आत्महत्या गरिएको हुन सक्ने आंशका गरिएको छ । न्युजर्सि पुलिसले पनि यो हत्या र आत्महत्या भएको हुन सक्ने अडकल काटेको छ । घटनाको अहिले अनुसन्धान प्रहरीले थालेको छ ।
कोही छिमेकीले ९११ म कल गरेपछि घरको जाच गर्न प्रहरी आइपुग्दा दम्पत्ति सहित चारै जनाको शब घरभित्रैबाट प्रहरीले बरामद गरेको हो । अहिले शब परीक्ष्णका लागी पठाइएको छ । घटना ज्यादै हदयविदारक भएको बताइएको छ ।
तेज पेशाले दुबै दम्पत्ति आइटी इन्जिनियरिंग सेक्टरको एचआर डिपार्टमेन्टमा कार्यरत रहेको सिबिएस न्युजले जनाएको छ । परिवार निकै खुशी र सुखी रहेको छिमेकीहरुले मिडियालाई बताएका छन् । तर घटनाले सबैलाई चकीत र दुखी बनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...