अमेरिकन आइडलमा नेपाली ठिटो दिवेशले देखाए स्वरको जादु
![](https://usnepalpost.com/wp-content/uploads/2020/02/1007D1D8-B0ED-4A90-819F-7C9AF6876480.jpeg)
शिव शर्मा
टेक्सस– ‘तिमीलाई हलिउडमा स्वागत छ, ’ तिमी रक स्टार हौ, अमेरिकन आइडलका जजले यसो भन्ने बितिक्कै दिवेश पोखरेल अर्थात आर्थर गन भावुक बने । उनले यसले आफुलाई उत्साही बनाएको बताए । उनले नमस्ते गर्दै स्टेजमा उतर्रिए । जजहरुले पनि नमस्ते फर्काए ।
आइतबार राती आठ बजे एबीसी टिभीमा सुरु भएको अमेरिकन आइडलमा दिवेशले जजहरुको मन जितेका छन् । उनकाे अमेरिकन आइडलको यात्रा अघि बढेको छ । उनले अमेरिकन आइडलमा आफनो गलाको चमत्कार मात्र देखाएनन । नेपालको पहिचान पनि दिएका छन् । नेपालको काठमान्डौ सहरलाई चिनाएका छन् । उनले स्वरको जजहरुले प्रशसंसा गरेका छन् ।
निकै हसिलो पारामा स्टेजमा देखिएका उनले तीन जना जजहरुको मन जितेका छन् । उनलाई जजहरुले एउटा सभावना भएको गायकको रुपमा बयान गरेका छन् । उनलाई जजले हक गदै संगीतको संसारमा स्वागत भन्दै प्रशंसा गरेका छन् ।
उनले अमेरिकाले आफनो सपना अब पुरा हुने विश्वास सो अवसर व्यक्त गरे । उनले बाल्यकाल देखि नै गीत गाउन सुरु गरेको उक्त अवसरमा बताएका छन् । बाल्यकालमा आमाले किनिदिएको गिटारले आफुलाई गायन क्षेत्रमा अगाडी बढने अवसर मिलेको बताए ।
आफनो विद्यालयको पढाई सकेर अमेरिका आएपछि नै आफुले संगीतमा धेरै गर्ने अवसर पाएको बताए । उनले यो अवसरको भुमीमा आफुले केही गर्ने उत्कण्ठ यो अमेरिकन आइडलले जुराइदिएको बताए ।
काठमान्डौका बासिन्दा दिवेशले अमेकिरन आइडलको अडिसन राउन्डबाट चुनिदै अहिले अमेरिकन आइडलको स्टेज सम्म आइपुगेका छन् ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर अघि बढेका मात्र हैन नेपालको शान बढाएका छन् । निकै प्रतिभावान पोखरेलाई सबैको सहयोग पाएमा अमेरिका आइडलमा माथिल्लो श्रृखला सम्म पुग्ने अपेक्षा राखिएको छ । अब उनको यात्रा अमेरिकन आइडल तर्फ अबि बढेको छ ।
उनले दिएकाे प्रस्तुति तल छ ।स्रेात एबिसी