अमेरिकाका विभिन्न राज्यमा ‘लेबर डे’ विकेन्डमा ट्राफिक चेकिङ कडा: १० हजार डलरसम्म जरिवाना र लाइसेन्स खारेज हुनसक्ने
!
लामो सप्ताहान्त, साथीभाइको जमघट अनि रमाइलो मुड। ‘लेबर डे’ (Labor Day) को यो माहोलमा यदि तपाईं पनि रक्सी वा अन्य नशालु पदार्थको सुरमा गाडीको स्टेरिङ समात्ने सोचमा हुनुहुन्छ भने एकपटक थिङ्क Twice! किनभने अमेरिकाका विभिन्न राज्यमा प्रहरीको आँखा अहिल्यैभन्दा कडा रूपमा सडकतिरै तेर्सिएको छ।
अमेरिकाभर यतिबेला मादक पदार्थ सेवन गरेर गाडी चलाउने (DUI) हरूविरुद्ध बहु-राज्यीय कारबाहीको जाल बिछ्याइएको छ। सामान्य लाग्ने एउटा गल्तीले तपाईंलाई $१०,००० (करिब १३ लाख रूपैयाँ) सम्मको सोझो जरिवाना मात्र गराउने छैन, सधैँका लागि जेलको हावा खुवाउन र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सदाका लागि खोस्नसमेत सक्छ।
नर्थ क्यारोलिनाले आफ्नो प्रसिद्ध ‘बिलि द बक’ अभियानमार्फत सडकमा चेकिङ कडा पारेको छ भने क्यालिफोर्नियामा त झन् लगातार ७८ घण्टासम्म ‘म्याक्सिमम इन्फोर्समेन्ट’ लागू गरिएको छ। प्रहरी अधिकारीहरूको स्पष्ट सन्देश छ— “रक्सी वा नशाको सुरमा गाडी चलाउनुको कुनै बहाना चल्ने छैन, योजना बनाएर मात्र सडकमा निस्कनुहोस्।”
हवाईमा ‘स्याचुरेसन स्याटरडे’ नाम दिएर गस्ती बढाइएको छ भने न्यूयोर्कमा प्रहरीले सर्वसाधारणझैँ देखिने ‘सादा गाडी’ (CITE Vehicles) प्रयोग गरेर लुकिछिपी नियम मिच्नेहरूलाई पक्राउ गरिरहेको छ। यता टेक्सास र ओरेगनमा झन्डै महिनाभर चल्ने “Drive Sober. No Regrets.” अभियान जारी छ। तथ्याङ्क भन्छ— टेक्सासमा बिदाको समयमा हरेक तीन घण्टामा एक जनाको ज्यान मापसे दुर्घटनाकै कारण जाने गर्छ।
त्यसैले, यो लेबर डे विकेन्डमा रमाइलो अवश्य गर्नुहोस्, तर सडकमा निस्कँदा ‘ड्राइभर’ अर्कै बनाउनुहोस् वा राइड-शेयर प्रयोग गर्नुहोस्। नत्र, एउटा सानो असावधानीले जरिवानाको भारी र लाइसेन्स गुम्ने पछुतो जीवनभर रहन सक्छ।
सम्बन्धित खवर
-
न्यूयोर्क । प्रधानमन्त्री ...
-
अमेरिका । नेपाली हास्य कलाकार ...




















