क्यालिफोर्निया, अमेरिका – रुकुम घर भई हाल क्यालिफोर्नियामा बस्दै आएका दिपेन्द्र बुढा मगर गम्भीर स्वास्थ्य समस्यामा परेपछि मगर समाज नर्दन क्यालिफोर्नियाले उपचार तथा दैनिक जीवनयापन खर्चका लागि सहयोगको अपिल गरेको छ।

दिपेन्द्र लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित छन्। केही महिना अघि मस्तिष्कको नशा फुटेर रगत बग्ने अवस्था आयो जसका कारण उनको मुखमा प्यारालाइस (अर्धाङ्गघात) भएको छ। यसले गर्दा उनी बोल्न र सामान्य कामकाज गर्न असक्षम भएका छन्।

करीब ३/४ महिनाअघि मात्रै करोडौँ रुपैयाँ खर्च गरेर अमेरिका आएका दिपेन्द्र अहिले उपचार खर्च, परिवारको कमजोर आर्थिक अवस्था र साहुको ऋणले गर्दा जीवनको सबैभन्दा कठिन समयमा संघर्ष गरिरहेका छन्।

यस कठिन परिस्थितिमा मगर समाज नर्दन क्यालिफोर्नियाले दिपेन्द्रको उपचार, औषधोपचार तथा खान–बस्नका लागि सक्दो सहयोग गर्न समुदायसँग हार्दिक अपिल गरेको छ। सहयेाग गर्न लिॅक तल क्लिक गर्नु हेाला

https://www.gofundme.com/f/help-dipendra-budha-magar-recover-from-stroke-medical-comp?attribution_id=sl:ecb345e7-c1ad-493f-b748-84f1b55d79c9&lang=en_US&ts=1757611177&utm_campaign=pd_ss_icons&utm_content=amp13_c&utm_medium=customer&utm_source=facebook

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected