अमेरिकी नागरिकता सेवाले नागरिकता आवेदनमा “उत्तम नैतिक चरित्र” (गुड मोरल क्यारेक्टर) मूल्याङ्कन कडा बनायो
वासिङ्टन डीसी – अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) ले नागरिकता (न्याचुरलाइजेसन) आवेदनकर्ताको उत्तम नैतिक चरित्र (गुड मोरल क्यारेक्टर) मूल्याङ्कन गर्ने नयाँ नीति लागू गरेको छ।
नयाँ नियमअनुसार अधिकारीहरूले अब केवल आपराधिक इतिहास नभएको हेर्ने मात्र होइन, आवेदनकर्ताको सम्पूर्ण जीवनशैली, पारिवारिक जिम्मेवारी, समुदायमा योगदान, शिक्षा, रोजगारी र कर तिर्ने बानीलाई समेत आधार बनाउनेछन्।
यससँगै कानुनी भए पनि समाजविरुद्धका व्यवहार–जस्तै बारम्बार ट्राफिक उल्लङ्घन, लापरबाहीपूर्ण गाडी चलाउने, सामाजिक दुर्व्यवहार वा उत्पीडन–लाई नकारात्मक हिसाबले मूल्याङ्कन गरिनेछ।
सुधारका प्रमाणहरू–जस्तै पारिवारिक दायित्व पूरा गर्ने, अदालतको आदेश पालना गर्ने, कर तिर्ने वा समुदायबाट सकारात्मक सिफारिस प्राप्त गर्ने–ले आवेदनकर्तालाई फाइदा दिलाउनेछन्।
विशेषज्ञहरूले यो नयाँ नीतिले सकारात्मक योगदान गर्नेहरूलाई लाभ पुर्याउने तर अनुशासनहीन वा विवादास्पद व्यवहार गर्नेहरूलाई चुनौती दिने टिप्पणी गरेका छन्।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















