अमेरिकाको न्युयोर्कमा रेलको लिकमा धकेलिएका व्यक्तिलाई भारतीय चालकले बचाए
अमेरिका– न्युयोर्कमा भारतीय मुलका एक मेट्रो रेलका चालकले एशियन मुलका व्यक्तिको ज्यान बचाएका छन् । घृणित अपराधको मनसायले रेलमा धकेलिएका एशियन मुलका व्यक्तिलाई बचाउन आपतकालिन रुपमा रेलका रोेकेका थिए । रेलको लिकमा धकेलिएका उक्त व्यक्तिलाई बचाउन रेल चालक टोबिन मडाथिनले
तुरुन्तै दस मिटर कम दुरीमा रेललाई रोकेका थिए । अमेरिकी संचारमाध्यम का अनुसार उनले रेलको लिकमा धकेलिएका व्यक्तिलाई बचाउन रेललाई आपतकालिन मोडमा राखेर रोक्न सफल भएका थिए । जतिबेला ति पीडित व्यकितले ज्यान बचाउन हात हल्लाएका थिए ।
उनले संचारमाध्यममा अन्तर्वाता दिदै भनेका छन्–‘मलाई यसर्थमा खुशी लागेको छ कि सयममा रेललाई रोक्न सके र ति व्यक्तिको ज्यान बचाउन सके ।’
प्रहरीले घृणित अपराधको मनसायले गरिएको घटनाको बारेमा आक्रमण गर्ने व्यक्तिको खोजी गरिरहेको छ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















