टेक्सस– अमेरिकाको टेक्सस एक भारतीय–अमेरिकी नर्सलाई स्वास्थय विमामा जालसाझी गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई ५.२ करोड डलर भन्दा धेरै जरिवाना तिर्न समेत अदालतले आदेश दिएको छ । जालसाझी र ठगीको अपराध ३९ वर्षिय त्रिविकराम रेड्डीले स्वीकार गरिसकेका छन् । उनलाई मेडिकियर तथा निजी विमा कम्पनीलाई धोका दिने काममा षडयन्त्र रचेको आरोप छ ।
अदालतमा भेटिएको दस्तावेज अनुसार नर्सको रुपमा काम गदै आएका रेड्डीले कयौ विमा कम्पनी संग जालसाझी गर्न षडयन्त्र रचेका थिए । उनले ६ जना डाक्टरको फोन नम्बर प्रयोग गरि विरामीको फर्जि बिल बनाएका थिए । उनले ६ डाक्टरले बिरामीहरुको उपचार गरिरहेको दाबा समेत गरेका थिए । तर ति डाक्टरले कहिल्यै ति फर्जि बिरामीको उपचार नै गरेक थिएनन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















