अमेरिकामा कोरोना भ्याक्सिन हिनामिना गर्ने फार्मासिस्टलाई तीन वर्षको जेल
अमेरिका– कोभिड–१९ भ्याक्सिनको ५ सय भन्दा अधिक खुराक हिनामिना गरेको अभियोगमा विस्किन्सनका एक फार्मासिस्टलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
अदालतले ४६ वर्षिइ स्टीवन ब्रान्डेनवर्गलाई उपभोक्ताको हितमा खेलवाड गरेको भन्दै सजाय सुनाइएको हो । उनले आफनो गल्ती स्वीकार गरिसकेका छन् । उनले अरोरा मेडिकल सेन्टरमा मोर्डना भ्याक्सिनको खुराक कयौ घन्टासम्म रेफ्रिजरेटर भन्दा बाहिर राखेका थिए । सजाय सुनाउनु अघि उनले भनेका थिए– ‘यो ज्यादै गंभीर त्रुटी भयो, मैले गरेको गल्तीको जिम्मेवारी लिन्छु ।’
उनले त्यसरी बाहिर राखेको भ्याक्सिनलाई नष्ट गरिएको थियो । यस अघि यसरी राखिएको भ्याक्सिनको खुराक मध्ये ५७ जना मा भ्याक्सिन लगाइएको थियो ।
यसरी राखिएको भ्याक्सिनको खुराकबाट कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरु चिन्तित बनेका छन् ।
एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















