नेपाल व्यूरो
पोखरा । कोभिड–१९ नियन्त्रण तथा रोकथाम कार्यक्रमलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेशको साधन र स्रोतका आधारमा प्रदेशको विकास गरिने उल्लेख छ । प्रदेशका सवै नागरिकलाई कोराना विरुद्धको खोप लगाउने, कोभिड संक्रमितको उपचार प्रभावकारी तुल्याउने, कोभिडका कारण टुहुरा भएका बालबालिका तथा आफन्त गुमाएका परिवारलाई राहत प्रदान गरिने भएको छ ।
त्यसैगरी कोरानाका कारण प्रभावित बनेको पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवा क्षेत्रका समस्याहरुको समेत सम्बोधन हुने भएको छ । सरकारले नारायणी नदीमा ‘वीच पार्क’ बनाउने र पदेशभित्रका धार्मिक सम्पदाहरु जोड्न धार्मिक पथ समेत निर्माण गरिने भएको छ । त्यस्तै कास्की, नवलपुर र तनहुँमा एकएक वनपैदावरमा आधारित उद्योग निर्माण गरिने योजना अघि सारिएको प्रदेश प्रमुख पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा सरुवा रोग अस्पताल प्रभावकारी बनाउने, ५० शैयाको सबै अस्पतालमा आँखा उपचार सेवाको प्रवन्ध गरिने र महिलाहरुमा हुने रोगको पहिचान गरी स्त्रीरोग सम्बन्धी निःशुल्क उपचारको समेतको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected