अमेरिका– न्यु मेक्सिकोको आर्थिक सहर मानिने अल्बुकर्कमा एउटा हट एयर बेलुन दुर्घटनाग्रस्त हुदा पाच जनाको ज्यान गएको छ ।
घटनामा पाच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार तिव्र हावाका कारण बेलुन बिजुलीको पावर लाइनमा ठक्कर खाएको थियो । ठक्कर खाएपछि बेलुनमा आगो लागी दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा मारिनेमा बेलुनको पाइलट समेत रहेका छन् ।
दुर्घटना एउटा फार्मेसीको नजिक भएको थियो जुन उडान भर्ने स्थानबाट १० किमीको दुरीमा रहेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु ४० देखि ६० वर्ष उमेर समुहका रहेका छन् ।
बिजुलीको लाइनमा ठोक्किएर दुर्घटना भएको बेलुन को जा“च प्रहरीले गरिरहेको छ । बिजुलीको पावर लाइनमा दुर्घटना भएको बेलुनका कारण झण्डै १३ हजार घर तथा व्यवसायमा विद्युत आपुर्ति बन्द भएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















