अमेरिका-अमेरिकाको प्रशान्त क्षेत्रमा भिषण गर्मिले अवस्था खराब हुदै गएको छ । यहाको राष्ट्रिय मौसम मापन
केन्द्रका अनुसार प्रशान्त उत्तर पश्चित क्षेत्रमा लु का कारण तापक्रममा
भारी वृद्धि भएको छ । दैनिक तापक्रम सय डिग्री फरेनहाइट भन्दा अधिक भइरहको छ ।
राष्ट्रिय मौसम विभागले यसलाई रेकर्ड तोडने असामान्य र खतरनाक भएको बताएको छ ।
अमेरिकाको पोर्टल्यान्डमा आइतबार दिउसो ११२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो ।
अघिल्लो दिन १०८ फरेनहाइट तापक्रम रहेको थियो । यस अघि पोर्टल्यान्डमा सन् १९६५ र १९८१ मा १०७ डिग्री
फरेनहाइट तापक्रम मापन गरिएको थियो ।
यो अहिलेसम्मकै अधिक गर्मि हो ।
यस्तै बासिङटन सियाटलमा पनि शनिवार अधिक गर्मि महसुस गरिएको थियो ।
सोमबार र मंगलबार झनै गर्मि बढने मौसम विज्ञहरुले अनुमान गरेका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अन्तराष्ट्रीय ...
-
डलास, टेक्सास — अमेरिकाको ...





















