न्युर्योकमा एनआरएनएको सभामा देखाइएको ताण्डव नृत्य
युएसनेपाल पोष्ट समाचार टिप्पणी
शिव शर्मा
अमेरिका-अमेरिकाको न्युयोर्कमा एनआरएनएका
सुकिला मुकिलाहरुले शनिवार ताण्डव नृत्य देखाए ।
जुन दृश्यले एनआरएनए भनेर गर्व गर्नेहरुको शिर सधैका लागी झुकेको छ ।
नेपाल र नेपालबाहिर रहेका सबै नेपाली माझ एउटा नराम्रो सन्देश पुगेको छ । सामाजिक संजालभरि न्युयोर्कको घटनाप्रति अमेरिका जस्तो विकसित मुलुकमा बसेर यहाका ठुला ठालुरुले देखाएको हर्कतलाई सबैले निन्दा गरेका छन् ।
सबैतिर अहिले एनआरएनए अमेरिकाको दशौ साधारणसभा तथा
नवर्विाचित कार्यसमितिको सपथ ग्रहण विवादित बन्न पुग्यो । शपथग्रहण रोक्न एउटा जमात नै लाग्यो ।

विवाद झिकेर सभालाई युद्धको मैदान जस्तो बनाइयो । एनआरएनको सभा नभई कुनै नेपाली राजनितिक पार्टिको विवादित अधिवेशन
हो की जस्तो देखिन्थ्यो । यसो हुनुको मुख्य कारण नै एनआरएनएमा मौलाएको राजनितिक दुर्गन्ध नै हो । एउटा साझा संस्थाको रुपमा जन्मेको एनआरएनएलाई बदलाम बनाउने यिनै कटटु लगाएर पनि बुंगा देखिएका लज्जाका पात्रहरु हुन । यिनिहरुको नांगो अनुहार छताछुल्ल भएको छ ।
छापामार र गुन्डाको शैलीमा
टाइसुट लगाएकाहरु पाखुरा सर्किदै गरेको दृश्य कम्ति लज्जास्पद थिएन । मच्चमै पुगेर केही उच्छृखलहरु उत्तेजित हुदै बितण्डा मच्चाउन थाले ।
केही टाइसुटेहरु त टेबल नाघेर गाइजात्रे शैली देखाए । यो भाडभैलो
के प्राप्तिका लागी हो भन्ने प्रश्नको उत्तर नै उनिहरुका लागी अनुत्तरित छ ।
जहा पुगे पनि जस्तो सभ्यता सिके पनि राजनितिक दरिद्रता प्रदर्शन गरेर नै छाडेका छन् उनिहरुले । अब फेरि तिनिहरु कुन अनुहार र टाइसुट लगाएर भावी एनआरएनएको नेतत्व लिन मतदाता माझ भोट मागन आउलान । सर्वसाधारणले उनिहरुको उदांगिएको चेहेरा राम्रोसंग चिनिसकेका छन् ।
साधारणसभामा देखिएको अराजक व्यवहार र ठेलम्म ठेल गदैं एउटा जंगली प्रवृत्ति देखाए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले सयमित हुन आग्रह गरिरहदा
सभाहलमा बसेकाहरु हुलदंगा मच्च्चाउन थाले । मच्चमै पुगेका पाखुरा बजार्न थाले ।आफुलाई एनआरएनए अभियान्त बताउने कृष्ण
पोखरेल ले टेबल नाघेर देखाएको अराजकता लाजमर्दो थियो । एनआरएनएको केन्द्रिय
तहमा पुगेकाहरु झन त्यो हुलदंगालाई मत्थर पार्नुको साटो झनै आगोमा तेल थप्ने काम गरे ।
एनआरएनएका केन्द्रिय सचिव गौरी जोशी र
एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डाक्टर केशव पौडेल विवाद मिलाउन भन्दा झन उल्टै पाखुरा सर्किनमा व्यस्त देखिए ।
भावी एनआरएनएको बाघडोर समाल्न कस्सिएका यी अभियान्तहरु भीड नियन्त्रण गर्न
छाडेर आफै पाखुरा सर्किन तम्सिएको देखेर सबैलाई आश्चार्य बनायो ।
टाइसुट लगाएर उनिहरुले देखाएको अराजकता शोभनिय थिएन । एनआरएनएको आफुलाई सारथी
भन्नेहरुले देखाएको औकातबाट के प्रष्ट हुन्छ भने एनआरएनए अब ओरालो लाग्दैछ ।झनै भीड उत्तेजीत बन्यो । एनआरएनएमा सम्मान गर्नुपर्ने व्यक्ति नै भक्षक भएपछि उनिहरु माथिको विश्वास र सम्मान घटेको छ ।
भीड थामिन नसकेपछि सुरक्षाकर्मि नै बोलाउनु परेको थियो ।सुरक्षाकर्मिलाई पनि हम्मे परेकेा दृश्य भिडियेामा देख्न सकिन्थयेा ।
भीड र उग्रता मत्थर नभएपछि सुरक्षाकर्मि राखेर नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण गराउनु परेको थियो ।
एनआरएनए संस्थामा सपथग्रहण समेत हुन नसकेपछि सुरक्षाकर्मि नै बोलएर सुरक्षा घेरामा

सपथग्रहण गराउनु यो इतिहासमै एउटा कालो धब्बा हो ।
एनआरएनएका यस्ता अभियान्तबाट
अब आउने युवा पिढीले के सिक्ने त । अमेरिका जस्तो एउटा प्रजातान्त्रिक र कानुनी राज्यमा बसेर यिनिहरुले देखाएको
प्रवृत्ति कुनै पनि हालतमा शोभा दिने खालको छैन । उनिहरुले देखाएको यो हर्कतको जति नै निन्दा गरे पनि कम हुन्छ ।
उसै त एनआरएनए प्रति सर्वसाधारणमा बढदै गएको बितृष्ण र
न्युयोर्कको यो घटनाले झनै त्यसले तल्लो स्तरमा पुराइदिएको छ । सधै यसरी नै झैझगडा र राजनितिको खिचातानीमा अल्झिरहने हो भने एनआरएनए किन चाहियो, धेरैको यक्ष प्रश्न न्युयोर्क घटनाले उदघाटित गरेको छ । न्युयोर्कमा एनआरएन सभामा देखाएको त्यो अराजक शैली र सिंगो एनआरएनएलाई बदनाम गराउन उद्धत पात्रहरुको पहिचान गरि उनिहरु मथि छानवीन हुनुपर्छ । उदण्ड मच्चाउनेहरुलाई ठेगान लगाइएन भने भावी एनआरएनए यि तमासेहरुको राजनिति अखडा बन्ने छ । न्युयोर्क सभाका खलपात्रहरुलाई एनआरएनए केन्द्रिय कमिटीले कार्वाहीको भागिदार बनाओस ।
एनआरएनएको गरिमा न्युयोर्कमा देखाइएको गाइजात्राले पुर्ण रुपमा झुकाइदिएको छ । भावी एनआरएनएको कार्यदिशा र आउने नया पिढी प्रतिको उत्साहलाई यसले निस्तेज पारिदिएको छ । संधै हड्डी लुछालुछ गरे जस्तो झै यसरी झगडा गरिरहने हो भने यो संस्थाको औचित्य समाप्त भइसक्यो भन्दा अब फरक नपर्ला ।
तस्वीरहरु-सामाजिक संजाल





















