अमेरिका– अमेरिकामा एक भारतीय मुलका व्यक्तिलाई कोविड–१९ आपतकालिन राहतको ऋण सुविधा लिन नक्कली दस्तावेज बनाउदै १८ लाख डलर रकम लिएको अभियोगमा दुई वर्ष जेल सजाय भएको छ।
बसिङटन राज्यको क्लाइड हिलमा बस्दै आएका मुकुन्द मोहन अमेरिकी सरकारलाई धोका दिई रकम लिएको आरोपमा सजाय सुनाइएको अमेरिकको न्याय विभागले जनाएको छ ।
माइक्रोसफट् तथा अमेजन काम गरिसकेका उनले अमेरिकी सरकारको पेचेक प्रोटेक्सन कार्यक्रम मार्फत ऋण लिन नक्कली रोजगार कम्पनीको दस्तावेज पेश गरेका थिए । उनले जाली दस्ताजेजका लागी ५५ लाख डलर कर्जाका लागी आवेदन दिएका थिए । उक्त रकम मध्ये उनले १८ लाख पक्राउ पर्नु अघि लिइसकेका थिए । बाकी रकम लिने प्रकृया चल्दा उनी कानुनको फन्दामा परे ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















