काबुलमा आत्मघाती विष्फोटन गराउन खोज्ने कारमाथि अमेरिकी ड्रोन हमला
अमेरिका– अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आतंकारी माथि फेरि ड्रोन आक्रमण गरेको छ ।
काबुलमा बिस्फोटक पदार्थ बोकेर हिडीरहेको आत्मघाती कारलाई लक्ष्ति गरि गरेको डे«ान आक्रमण गरेको हो । ड्रोन हमलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
आत्मघाती बम विष्फोट गराउन लागेको कारलाई लक्ष्ति गरि ड्रोन हमला गरिको अधिकारीहरुले बताएका छन् ।
समाचार अनुसार आतंककारीहरुले काबुल अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गर्न गइरहेका थिए । अमेरिकी अधिकारीले आत्मरक्षाका लागी ड्रोन हमला गरेको पृष्ठी गरेका छन् ।
अमेरिकाको केन्द्रिय कमाण्डले हमिद करजाई अन्तराष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेटको हमलाको एउटा खतरा टरेको बताएका छन् । ड्रोन हमला पछि ठुलो आवाजमा कार विष्फोटन भएको थियो ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















