अमेरिकाले बीस वर्षपछि पनि भुल्न सकेन त्यो ९/११ को डरलाग्दो आतंककारी हमला
अमेरिका– अमेरिकामा सेप्टेम्बर ११, २००१ मा भएको ठुलो आतंककारी हमलाको आज २० वर्ष पुरा भएको छ ।
बिहान ८ देखि ९ बजेको बीच समय अमेरिकाका लागी विनाशकारी सावित भएको थियो ।
दुई घन्टाको अवधिमा बल्ड ट्रेड सेन्टर खरानीमा परिणत भयो र झण्डै ३ हजार जनाको ज्यान पनि लियो । अमेरिकाको इतिहासमै यो कालो दिनको रुपमा रहन पुग्यो ।
१९ जना अलकायदाका आतंककारीले ४ यात्रुबहाक बिमान हाइजेक गरेका थिए । यिनिहरुमा दुई विमान बल्र्ड ट्रेड सेन्टरको उत्तरी टावर र अर्को वल्र्ड ट्रेड
सेन्टरको दक्षिण टावरमा गराइएको थियो । । ठक्कर गराइएको विमानको गति ९८७ दशमलव ६ किलोमिटर भन्दा बढी थियो ।
आतंककारीहरुले तेस्रो विमान बासिङटन डिसी बाहिर, आर्लिगटन, भर्जिनियाको पेन्टागनमा ठक्कर खाएको थियो । बासिङटन डिसीमा निशाना बनाइएको विमान भने नियन्त्रण गुमाएर खेतमा गएर खसेको थियो ।
आतंककारी अमलाको २० औ वर्षको कालो दिन सम्झदै राष्ट्रपति जो बाइडेनले तीन वटा स्मारकमा गएर आज श्रद्धान्जली दिदैछन् । उनि न्युयोर्क पेन्टागन र पेनसिलबेनिया गएर श्रद्धान्जली दिनेछन् ।
सम्बन्धित खवर
-
अमेरिका-अन्तराष्ट्रीय ...
-
डलास, टेक्सास — अमेरिकाको ...





















