अमेरिका– अमेरिकामा कोरोना भ्याक्सिनको बुस्टर अर्थात तेस्रो डोजको प्रयोगका लागी अनुमति दिइएको छ ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभाग (एफडिए) ले फाइजर भ्याक्सिनको बुस्टर डोजलाई प्रयोगको अनुमति दिएको हो । १६ वर्ष भन्दा माथिका सबैलाई कोरोनाको डेल्टा प्रकोपको बढदो क्रमले तेस्रो डोजको प्रयोगका लागी स्वीकृति दिइएको छ।
यो बुस्टर ६५ वर्ष भन्दा देखि उच्च रोगको जोखिम भएकाहरुलाई समेत फाइजरको बुस्टर डोज प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाका स्वस्थ्य विज्ञहरुले कोरोनाको बढदो प्रभावलाई थाम्न बुस्टर डोज दिन सिफारिस गरेका थिए । यसबारेमा अमेरिकी राष्ट्रपति जो बाइडेन समेत सकारात्मक देखिएका थिए ।
फाजरको दोस्रो डोज लगाएको ८ महिनापछि बुस्टर डोज लगाउन सिफारिस गरिएको थियो । तर यस सम्बन्धमा भने एफडिएले निर्णय गर्न बाकी छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















