राष्ट्रपति जो बाइडेन सहित प्रमुख राजनिति व्यक्तिलाई हत्याको योजना बनाउने पक्राउ
अमेरिका– राष्ट्रपति जो बाइडेन, पुर्व राष्ट्रपति बाराक ओबामा तथा बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार, फेसबुकका मार्क जुकुरवर्ग सहित अन्य केही राजनितिक नेतालाई मार्ने योजना बनाउने व्यक्ति पक्राउ परेका छन् ।
क्यालिफोर्नियाका २५ वर्षिय कुआचुवा जिओङलाई प्रहरीले आयोवामा पक्राउ गरेको हो । पक्राउ परेपछि अदालती बयानमा उनले बाइडेन सहित अन्य प्रमुख व्यक्तिको हत्या गर्न क्यालिफोर्नियाबाट हतियार सहित ड्राइभ गरेर बासिङटन डिसी जादै थिए । उनको साथबाट एक आर १५ राइफल, गोलाबारुद्ध, लोड गरिएका म्यागजिनहरु, बडी आर्मर र मेडिकल किटहरु फेला परेको थियो । उनले आफनो फोनमा नक्साको एप प्रयोग गरेर वाइट हाउसलाई आफनो गन्त्व्य भन्दै सेट गरेका थिए ।
बिहीबार देखि उनलाई काउन्टी जेलमा राखिएको छ । उनी क्यालिफोर्नियामा एउटा ग्रोसरी स्टोरमा काम गर्ने व्यक्ति भएको बताइएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















