अमेरिका– तपाईको स्मार्टफोनमा अव छिट्टै एउटा सोसल मिडिया एप लन्च हुदैछ ।
आउदो फेब्रुअरी महिनाको २१ गते लन्च हुने एपको नाम हो –ट्रुथ सोसल । यो एपलाई अहिले देखि ने एप स्टोरमा लिष्ट गरिसकिएको छ । यो सोसल मिडियालाई अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्च गदैछन् । इन्स्ट्रागाम तथा ट्वीटरलाई समेत यसले टक्कर दिने बताइएको छ । अघिल्लो वर्षदेखि अमेरिकाका पुर्व राष्ट्रपनि ट्रम्पको सबै सोसल मिडिया बन्द रहेको छ । यसैले उनले आफै अब नया सोसल मिडिया एप लन्च गर्न गइरहेका हुन ।
हेर्दा ट्वीटर जस्तो देखिए पनि प्रयोगकर्ताले आफुले पोष्ट गरेका सामग्री अपलोड हुनेछ । यसलाई ट्वीटस नभई ट्रुथ नाम दिइनेछ । यसलाई ट्रम्प मिडिया एन्ड टेक्नोलोजीले बनाएको हो । यो एपको प्रि ओर्डस समेत सुरु भइसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















