अमेरिका– वैज्ञानिकहरुले एउटा अध्ययनबाट नया कुरा पत्ता लगाएका छन् । लामो समय सम्म प्रदुषित बायुको सम्पर्कबाट कोभिड–१९ को खतरा बढने गरेको छ ।
यो सम्बन्धी अध्ययन अकुपेनल एन्ड इन्भाइरोमेन्टल मेडिसन पत्रिकामा प्रकाशित भएको हो । कोरोनाको संक्रमणदर ५ प्रतिशतको बृद्धि संग यो अध्ययन सम्बन्धीत रहेको छ ।
उत्तरी इटलीको एउटा सहरका बासिन्दा संग सम्बन्धीत रहेर यो अध्ययन गरिएको हो । अध्ययनकर्ताका अनुसार लामो समय सम्म प्रदुषित बायुको सम्पर्कले मान्छेको प्रतिरक्षा प्रणाली कमजोर हुने समस्या आउछ र यसले श्वास तथा मुटु सम्बन्धी बिमारीको खतरा समेत बढछ । यो परिस्थितिमा कोरोना संक्रमणको खतरा पनि बढेर जान्छ । शोधकर्ताले बायु प्रदुषणलाई कोरोना संक्रमणको एउटा जोखिम कारकको रुपमा सामेल गरेका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















