ईश्वरी भट्ट-
न्यूह्यामसायर-अनेसास न्यूह्यामसायर च्याप्टरको आयोजनामा विद्याकी देवी सरस्वती माताको पूजाको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम श्रीपञ्चमीको अवसर पारेर फेव्रुअरि ५ तारिख़ २०२२ फिसरभिल रोड कंकर्डमा गरिएको हो ।
अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतित्थ्यता संरक्षक उमेश कोइरालाले गर्नु भएको थियो। कार्यक्रममा अनेसास बिओटी पुरस्कार समिति सदस्य, एन आर एन संस्कृति संपदा उपसमिति सदस्य तथा संस्थाका प्रधान संपादक ईश्वरी भट्टको विशेष आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा हरिमाया अधिकारी, निर्मला शर्मा, ईश्वरी भट्ट, तारादेवी न्यौपाने, उषा गुरूङलगायतले मन्त्रोच्चारण एवं पूजापाठ गर्नुका साथै सरस्वती स्तोत्र पाठ गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष हरिमाया अधिकारी र प्रेम सागर खतिवडाबाट सरस्वती वन्दना गायन, ईश्वरी भट्टबाट च्याप्टरका गतिविधि र यसको गौरवमय क्षणहरूको स्मरण गराउदै गोपाल भन्डारीको र प्रकाशोन्मुख कृतिबाट एक एक कविता वाचन गरिएको थियो ।
कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्षको शुभ कामना सन्देश र केन्द्रीय कोषाध्यक्षको सन्देश भिडियो मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । त्यसैगरी पूर्व महासचिव हरिकुमारी गुरूङ, सदस्य तारादेवी न्यौपाने, पूर्व सचिव रामचन्द्र भण्डारी , संरक्षक उमेश कोइराला, अध्यक्ष हरिमाया अधिकारी, संगीतकार एवं आजीवन सदस्य प्रेमसागर खतिवडा, सचिव नन्द शर्मालगायतका कवि साहित्यकारहरूबाट कविता वाचन तथा संक्षिप्त मन्तव्य राखिएको थियो।
सम्बन्धित खवर
-
युलेस, टेक्सस — अगस्ट १५, २०२६ को ...
-
उनलाई डालस एयरपोर्टमा ...




















