अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा एउटा २ सय किलोको भालूले यतिबेला सर्वसाधारणमा आतंक मच्चाइरहेको छ ।
हैन्क द टैन्क नामको चर्चित यो भालूले सर्वसाधारणको घर भित्र पसेर उत्पात मच्चारहेको छ । भालू आतंकले कतिपय घाइते भई ज्यान समेत गएको समाचार आएको छ ।
डेली स्टारको रिपोर्ट अनुसार भालूबाट निराश भएका भएका सर्वसाधारणले प्रहरी प्रशासनमा १ सय ५० भन्दा बढी कल गरेर उजुरी दर्ता गराएका छन् ।
भालुको आतंकबाट प्रहरी संग वन विभागका कर्मचारी समेत निराश भएका छन् । भालूलाई समात्ने प्रयास गरिए पनि त्यो संभव हुन सकिरहेको छैन । जानकारहरुका अनुसार आहाराको खोजीमा भालु मानिसहरुको बस्तीमा पस्न थालेको हो । घरका झयालको सिसा समेत फोडेर भालू घरभित्र पस्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















