काठमान्डौ –अभिनेता पल शाहविरुद्ध एक १७ वर्षिया किशँेरीले आफुलाई फकाईफुलाई जवरर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
किशोरीले आफनो आफन्त लिएर जिल्ला प्रहरी कार्यालय तनहु पुगेर उजुरी दिएकी छन् ।
नेपाल प्रहरीको उच्च स्रोत ले दिएको जानकारी अनुसार शाहले प्रेमका नाममा किशोरीलाई फकाइफुलाई प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको उजुरी छ ।
केही समय अघि सामाजिक संजालमा सार्वजनिक भएको एउटा अडियोमा समेत अभिनेता पल शाहले किशोरी गायिकासंग शारीरक सम्बन्ध भएको स्वीकार गरेका थिए ।
कानुनत १८ वर्ष भन्दा कम उमेरका संग शारीरिक सम्बन्ध राखेमा त्यो जर्वरजस्ती करणी ठहर्छ । कानुन अनुसार १६ देखि १८ वर्ष उमेरका बालिका संग यस्तो सम्बन्ध ठहर भएमा १० देखि १२ वर्ष सम्म जेल सजाय हुन सक्छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















