क्यालिफोर्नियामा अस्पतालको इमर्जेन्सी बार्डमा पुगेर चिकित्सक र नर्समाथि चक्कु प्रहार

अमेरिका– अमेरिकाको दक्षिण क्यालिफोर्निया स्थित एउटा अस्पतालको आपत्तकालिन बार्डमा एक डाक्टर र दुई नर्स माथि एक युवाले शनिवार चक्कु प्रहार गरेका छन् ।
चक्कु प्रहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । हमलाकारी ३५ वर्षिय अश्कान अमिरसोलेमानी को रुपमा पहिचान भएको छ । घाइते डाक्टर तथा नर्सलाई नाजुकअ अवस्थामा ट्रमा सेन्टरमा उपचारका लागी भर्ना गरिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
लसएन्जल्स प्रहरीका अनुसार आक्रमणकारी फर्नाडो भ्याली स्थित एनसिनो अस्पताल मेडिकल सेन्टर पुगेर चिकित्सक र नर्स माथि चक्कु प्रहार गरेको थियो । घाइते मध्ये एक जनाको अवस्था गंभीर रहेको बताईएको छ । आक्रमणकारीले चिकित्सक तथा नर्सलाई पहिलो देखि जान्थे या जान्थेनन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...