अमेरिकामा युवतिले फोन नम्बर नदिएपछि कुटपीट र रेष्टुरा तोडफोड

अमेरिका– अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने माइकल पलासियोसले एक जना युवतिले फोन नम्बर नदिएपछि मेकडोनाल्डसमा बबाल मच्चाएका छन् । उनले युवतिका साथीलाई कुटपीट सगै मेकाडोनाल्डस भित्रको कुर्सि टेबल र भित्तो समेत फुटाएका छन् । जुन भिडियो सामाजिक संजालमा भाइरल भएको छ
रातको समयमा मेकाडोनाल्डस भित्र माइकलले युवतिलाई देखेपछि फोन नम्बर र घरको ठेगाना मागेका थिए ।
ति युवतिले नदिएपछि उनले हंगामा मच्चाउदै कुटपीट गर्न थाले । पछि उनलाई ति युवतिका साथीहरुले कुटपीट गरेका थिए । कुटपीट सहेपछि माइकलले आफनो झोलाबाट फलाम निकालेर युवतिका साथी माथि आक्रमण सुरु गरे । मेकडोनाल्डस रेष्टुरा भित्र बबन्डर मच्चाउदै तोडफोडमा उर्तिए । रेष्टुरा भित्र भएकाहरु डरले यत्रतत्र भाग्न थाले । तोडफोडको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ। ट्रवीटरमा शेयर भएको यो भिडियो दुई करोड भन्दा बढीले हेरेका छन् ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...