अमेरिका–अमेरिकाको फलोरिडामा चार वर्ष अघि एक विद्यालयका १७ बालबालिकाको हत्याका दोषी निकोलस क्रुजलाई फासीको सजाय हुनुपर्ने माग गरिएको छ ।
जिल्लाका सहायक महान्याधिवक्ता माइकल सेन्टसले दोषी विरुद्ध फासी हुनुपर्ने माग गरेका हुन । उनले सिधा साधा बालबालिकाको हत्या गरेकाले उनलाई फासीकै सजाय हुनुपर्ने उनको माग छ । अदालतले उनलाई हत्यामा दोषी ठहराएको थियो । उनी माथि मुत्युदण्ड या आजीवन काराबासको सजाय के हुने त्यो अदालतले निक्यौल गर्नेछ ।१४ फेब्रुअरी २०१८ मा तत्कालिन १९ वर्षिय निकोलस क्रुजले एआर १५ राइफल लिएर ९ मिनेटमा स्कुल भित्र १४ विद्यार्थी र विद्यालयका तीन कर्मचारीको हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका थिए । पछि प्रहरीले पक्राउ गरेको थियो । एक वर्ष पहिला उनलाई उक्त विद्यालयबाट अनुसाशनका कारण निस्कासित गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected