नसम्झनुहोस्

जिन्दगीको दौडमा

म हारिसकें

अँध्यारोमा हराईसकेँ

मैले हारेको छैन

म हराएको छैन

सिर्फ बाटो बदलेको हो

जीवनको लक्ष्य बदलेको छैन

एक ठाउँमा छोड्नु

अर्को ठाउँमा पुग्नु पनि हो

एक ठाउँमा अस्ताउनु

अर्को ठाउँमा उदाउनु पनि हो

त्यता  हराएँ

यता  पुगिसकेँ म

आफ्नै खेतवारी सिगार्न

जुटिसकेँ म

–

जुलाई २७, २०२३

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected