अमेरिकामा गैरकानुनी आप्रवासी भित्राउने सिंह परे फन्दामा

अमेरिकामा मानव तस्करीको अभियोगमा सिमरनजीन सिंहलाई ५ देखि १५ वर्ष सम्मको जेलसजाय हुने देखिएको छ । जेल सजाय पुरा भएपछि उनलाई अमेरिकाबाट डिपोट गरिनेछ । उनले क्यानडाको सिमाबाट गैरकानुनी रुपमा
आप्रवासीलाई अमेरिका छिराएको अभियोग छ । उनले न्युयोर्क स्थित महान्याधिवक्ताको कार्यालयमा मानव तस्किरी गरेको स्वीकारेका छन् । उनले २०२० देखि २०२१ सम्म मानव तस्करी गरेको अदालतमा स्वीकार गरेका हुन ।
उनलाई अघिल्लो वर्ष नै पक्राउ गरिएको थियो । उनी भारतीय मुलका अमेरिकी हुन ।
उनले क्यानडाको कार्नवाल तथा सेन्ट लरेन्स नदी क्षेत्रबाट अवैध तरिकाले गैरकानुनी आप्रवासीलाई अमेरिका छिराउने काम गदै आएका थिए । उनले प्रतिव्यक्ति अमेरिका छिराउनका लागी ५ हजार डलर देखि ३५ हजार डलर सम्म असुलेका थिए । उनलाई आउदो डिसेम्बर महिनामा सजाय सुनाइदैछ ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...