उनलाई  डालस एयरपोर्टमा फूलमाला, खादा, अवीर ले भब्य स्वागत गरियो। आफ्ना  पुराना साथीहरुले बिदेशमा पनि  आफ्नो “पार्टी–धर्म” मानिरहेकोपाउँदा उनी गदगद भए । साथीहरुले उनलाई डालस वरिपरिका राम्रा ठाउँहरुदेखाए । आफ्ना रेस्टुरा, ग्यास स्टेसनहरु देखाए । उनको चार– पाँच  दिनकोबसाईलाई  आफ्नै रेस्टुराँमा    भव्य  लन्च, डिनरको “सेवा” प्रदान गर्दैसाथीहरुले  उत्सवको झल्को दिए । सत्कारबाट  अति प्रफुल्लित  उनलेडालसमा पार्टी अझ सशक्त बनाउनु पर्ने “निर्देशन” दिए । एउटा “टिके” कार्यसमिति पनि गठन गरिदिए । त्यस पछि डालस एयरपोर्टबाट उनको भव्यबिदाई गरियो ।

 

उनी फर्किएको पनि पाँच बर्ष भै सकेको थियो । यताका साथीहरु आफ्नोमेहनतले अझै समृद्ध हुँदै गए । अनि नेपालमा पनि केहि लगानी गरौँ, व्यवसाय गरौँ भनेर साथीहरु एक टोली बनाएर काठमाडौँ पुगे । बुझ्दै जाँदालगानी गर्न कतिपय पूर्वाधारहरु अझै अपूर्ण देखेर निती निर्माण तहकापार्टीगत तथा  कर्मचारीगत व्यक्तिहरुको सम्मेलन गरे । उनलाई पनिबोलाइएको थियो । वक्ताहरुले बिबिध पक्ष–विपक्ष एक एक गरिकेलाईरहेका थिए ।  उनको पनि पालो आयो, उनले आफ्नै आँखाले देखेकाहुनाले राम्रो वकालत गरिदिने विश्वास थियो ।

 

माइक समाए पछि एक छिन  त राम्रै  कुरा गरे । तर पछि एकाएक कड्किए – “रेस्टुरामा भाडा माझ्ने र ग्यास स्टेसनमा “घण्टा हान्ने“हरुले यहाँ आएर ठूलाकुरा गर्ने, लगानी गर्छु भन्ने ? मैले सवै हेरेको छु.… ।”

यताबाट गएका साथीहरुले मुखामुख गरे, अझै पनि श्रमलाई हेय मान्ने, हेप्नेमानसिकता देख्दा  छक्क परे । एउटा मनोविज्ञानवेत्ता साथीले भन्यो –“उहाँको मानसिक स्वास्थ्य कमजोर भएछ, कुण्ठा पलाएछ ।  उता भएकोभए उपचार पाउनु हुन्थ्यो । यता कुर्सी, मंच र माइक पाइरहनु भएको रहेछ ।यस्तै छ, साथी हो !”

डालस, टेक्सास

अक्टोबर २०, २०२३

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected