अमेरिकामा बस्ने नेपाली परिवारको घरमा आगलागी, ७ महिनाको शिशुसहित सबै सुरक्षित तर सम्पूर्ण सम्पत्ति खरानी
अमेरिकाकेा क्यालिफेार्नियामा बसोबास गर्दै आएका सुधा र अशिषको जीवन केही दिनअघि एक विनाशकारी घटनाले पूर्ण रूपमा बदलिदियो। उनीहरूको अपार्टमेन्टमा लागेको भीषण आगलागीले ७ महिनाको शिशु र २ वर्षको कुकुरसहित परिवारलाई त बचाइदियो, तर घरसँगै सम्पूर्ण सम्पत्ति खरानीमा परिणत भयो।
सुधा, जसले भर्खरै मातृत्वपछि नयाँ काम सुरु गरेकी थिइन्, र अशिष, जसको रोजगारी स्थिर छैन, अहिले शून्यबाट पुनः जीवन सुरु गर्ने कठिन यात्रामा छन्। आगलागीले बच्चाका अत्यावश्यक सामग्री, कपडा, फर्निचरदेखि लिएर आधारभूत घरायसी सबै सामग्री पूर्णरूपमा नष्ट गर्यो।
“हामी सुरक्षित छौं, जुन सबैभन्दा ठूलो कुरा हो। तर हाम्रो घर, हाम्रो आश्रय, हाम्रो भावनात्मक जग गुमाउनु अत्यन्त पीडादायी छ। अहिले कुनै पनि प्रकारको सहयोग हाम्रो लागि संसार बराबर हुनेछ,” सुधाले आँखा रसाउँदै भनिन्।
समुदायलाई यो पीडादायी परिस्थितिमा परिवारलाई सहयोग गर्न र हौसला प्रदान गर्न आग्रह गरिएको छ। संकलित रकम बच्चाका आवश्यक सामग्री, कपडा, अस्थायी आवास र दैनिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















