सहयोगको अपिल

लस एन्जलस, अमेरिका – तीन वर्षअघि हराएका नेपाली मूलका अमेरिकी निवासी लक्ष्मण देव अर्याल (पहिलेको नाम लक्ष्मण केसी) को अझै अत्तोपत्तो लागेको छैन। उहाँका परिवारजनहरूले सार्वजनिक अपिल जारी गर्दै, जो–कोहीसँग उहाँको बारेमा केही जानकारी भएमा सम्पर्क गर्न आग्रह गरेका छन्।

परिवारका अनुसार, लक्ष्मण अर्याल डाउनटाउन लस एन्जलसबाट स्याक्रामेन्टोतर्फ ग्राहकको सामग्री डेलिभरी गर्न भ्यान लिएर जानुभएको थियो। डेलिभरीपछि उहाँले Norwalk स्थित घरमा भ्यान पार्क गर्नुभयो, र भान्छाको बेन्चमा नगद भ्यानको चाबी छाडेर बाहिरिनुभएको थियो। त्यसपछि उहाँ कहिल्यै फिर्ता आउनुभएन।

उक्त घटनालाई अहिले तीन वर्षभन्दा बढी समय बितिसकेको छ, तर अहिलेसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारले यसबीचमा प्रहरी, समुदाय र विभिन्न निकायहरूसँग सम्पर्क गरिसकेको भए पनि लक्ष्मणको अवस्थाबारे ठोस सूचना पाइएको छैन।

बेपत्ता लक्ष्मणका परिवारका तर्फबाट हरि ओझा ले अपिल जारी गर्दै भन्नुभयो, “हामी हरेक सम्भावित उपायहरू अपनाइरहेका छौं। यदि कसैसँग लक्ष्मणको अवस्थाबारे कुनै जानकारी छ भने कृपया हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस्।”

सम्पर्क नम्बर:
👉 हरि ओझा – 510-309-7474

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected