डयालसमा “तिज फेस्ट २०२५”: संगीत, नृत्य र नेपाली पहिचानको रंगीन पर्व

अर्भिंग, टेक्सास — अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि सांगीतिक र सांस्कृतिक उत्सवको अनुपम अनुभव दिँदै नमस्ते इन्टरटेन्मेन्ट को “तिज फेस्ट डलास २०२५” शुक्रबार साँझ भव्य रूपमा सम्पन्न भयो। साँझ ७ बजे सुरू भएको यो कार्यक्रम राति १ बजे सकिएको थियो, तर उत्साह र ऊर्जा अझै हलचलमै थियो।
कार्यक्रमको मुख्य आकर्षण गायिका एलिना चौहान थिइन्। आफ्नो मधुर र शक्तिशाली आवाजमा उनले “धोकेबाज हो तिमी,” “के माया लाग्छ,” र “बुढेसकाल लीगेसी छोरीके कर्म” जस्ता गीत प्रस्तुत गर्दै दर्शकहरूको नृत्य उत्साह दोब्बर बनाइन्।
गायक बद्रि पंगेनी ले “ससुरालीमा,” “रातेा पंछ्यैारी,” र “झयानकुटी झ्यानकुटी मन थिएन जेागी बन्नलाई” गाएर दर्शकहरूलाई उफ्रेर नाच्न बाध्य पार्यो। कला लम्साल ले आफ्नो चर्चित “अन्टी लंभर” गीतमार्फत झुम्रिएको माहोललाई अझ रंगीन बनायो भने प्रताप दास ले “फोटा फिरिम” जस्ता गीतले उपस्थित सबैलाई तालमा नचायो। कलाकार छबिराज सुनार ले “पोखरा पृथ्वीचोक” र “कि सिधै न भन्देउ” प्रस्तुत गर्दै दर्शकहरूलाई सांगीतिक र नृत्य अनुभवमा डुबायो।
कार्यक्रममा नेपाली पहिरन र झन्डीको प्रयोगले सांस्कृतिक पहिचान झल्काएको थियो। मौषम भट्टराई ले कार्यक्रमको सञ्चालन गरे भने आफ्टर पार्टी मा डीजे सुसान्त ले धुनमा उपस्थित सबैलाई झुमाएका थिए।
आयोजक नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बार का संचालक कुमार बुढाथोकी ले भने, “यो कार्यक्रमले नेपाली समुदायलाई आफ्नो सांगीतिक र सांस्कृतिक जरा सम्झाउन र अनुभव गराउन सफल भयो। दर्शकहरूको उत्साहले यो तीज अविस्मरणीय बनायो।”
कार्यक्रम आयोजक फलाई नेपाल का विनोद अधिकारी का अनुसार, “फलाई नेपाल अब अमेरिकाभर प्रस्तुति दिने तयारीमा छ। आगामी दुई महिनाभित्र विभिन्न राज्यहरूमा यी कलाकारहरूसँग कार्यक्रम गर्दै नेपाली सांस्कृतिक रङ अमेरिकी दर्शकसम्म पुर्याउनेछौं।”
टिकट बिक्री उत्साहजनक रह्यो। सामान्य प्रवेश $४०, विद्यार्थी महिलाका लागि $३० (मान्य परिचयपत्रसहित) र चार जनाको भिआपी टेबल $३०० मा उपलब्ध थियो।
उपस्थित दर्शकहरूले कार्यक्रमलाई “सांगीतिक, नृत्यात्मक र सांस्कृतिक उत्सवको अद्भुत अनुभव” भएको भन्दै खुसी व्यक्त गरे।
सम्बन्धित खवर
-
ड्यालस (टेक्सस) — नेपाली ...
-
शिव शर्मा टेक्सस-अमेरिकाकेा ...