वाशिङ्टन डी.सी. — संघीय उड्डयन प्रशासन (FAA) ले अमेरिकाभरका प्रमुख विमानस्थलमा १० प्रतिशत उडान कटौती गर्ने आदेश जारी गरेको छ। यो कदम सरकारी शटडाउनका कारण कर्मचारी र प्राविधिक कमीले उत्पन्न भएको ठूलो यात्रा अव्यवस्थाको संकेत हो।विमानस्थलहरूको सूची बिहीबार साँझ सार्वजनिक गरिसकेकेा छ प्रभावित प्रमुख विमानस्थलहरू

  • न्यूयोर्क: John F. Kennedy (JFK), LaGuardia (LGA)
  • न्यू जर्सी: Newark Liberty (EWR)
  • एटलान्टा: Hartsfield–Jackson (ATL)
  • शिकागो: O’Hare (ORD)
  • लस एन्जलस: LAX
  • बोस्टन: Logan (BOS)
  • डेनभर: Denver International (DEN)

सम्भावित असर

  • दैनिक हजारौँ उडान रद्द वा ढिला
  • ग्राहक सेवा प्रणालीमा अत्यधिक चाप (रिफन्ड/पुनःबुकिङ)
  • थ्याङ्क्सगिभिङ र क्रिसमस जस्ता छुट्टी यात्रामा अवरोध

विशेषज्ञहरू भन्छन्, यदि सरकारी शटडाउन तत्काल अन्त्य भएन भने, यो दशककै अमेरिकी हवाई प्रणालीमा सबैभन्दा ठूलो अवरोध हुन सक्छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected