दुर्गेशको धमाकेदार स्टेज—डलासमा ‘दुश्मन हेरेको हेराई टुर’ ले मचाउनेछ हल्लीखल्ली
डलास, टेक्सास — अमेरिकाको डलासमा यही आउने नोभेम्बर १५, शनिबार नेपाली संगीतप्रेमीका लागि उत्सवमय साँझ तयारीमा छ। चर्चित गायक दुर्गेश थापा, सदाबहार स्टार राजेश पायल राई, लोकप्रिय गायक किरण गजमेर, र गायक छबीराज सुनार सहितको टोलीले ‘दुश्मन हेरेको हेराई टुर’ मार्फत दर्शकलाई मनोरञ्जनको भरपुर डोज दिनेछ।
कार्यक्रमको आयोजना Fem Nepal ,Bijuli Creation, र Sajha, गरेका छन् ।
संगीत, नृत्य र हास्यकलाको मिश्रण रहने म्युजिकल नाइटमा सुभेक्षा खड्का होस्ट रहनेछिन् भने डीजे राज स्टेजलाई ऊर्जा र रौनकले भरिनेछन्।
स्थल: Sapphire Event Hall, 1300 N Main St, Euless, TX 76039
🕒 गेट खुल्ने समय: 3:00 PM
🎶 कार्यक्रम सुरु: 4:00 PM
राजेश पायल राईको सदाबहार स्वर, दुर्गेश थापाको एनर्जी, र किरण गजमेरका भावनात्मक गीतले यो साँझ डलासमा नेपाली संगीतको रंगीन उत्सव बन्ने पक्का देखिन्छ।

सम्बन्धित खवर
-
वाशिङ्टन डी.सी. — संघीय उड्डयन ...
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...




















