ग्रिनकार्डधारी सावधान! विदेश यात्रा गरेर अमेरिका फर्किने बेला बढ्न सक्छ कडाइ, सुप्रीम कोर्टको नयाँ फैसला

अमेरिकी सर्वोच्च अदालतको नयाँ निर्णयपछि विदेश यात्रा गरेर अमेरिका फर्किने केही ग्रिनकार्डधारीहरूले विमानस्थल तथा सीमा नाकामा थप सोधपुछ, हिरासत वा निष्कासन प्रक्रियासमेत सामना गर्नुपर्ने जोखिम बढेको छ। अदालतले अध्यागमन अधिकारीहरूलाई कुनै व्यक्तिले निष्कासन योग्य अपराध गरेको हुनसक्ने “विश्वास गर्ने उचित कारण” भए मात्र पनि थप कारबाही अघि बढाउन सक्ने अधिकार दिएको छ।

विशेषगरी ठगी, चोरी, जालसाजी, लागूऔषध, केही हिंसात्मक अपराध, पुराना गिरफ्तारी, आपराधिक आरोप वा अध्यागमन उल्लंघनको इतिहास भएका ग्रिनकार्डधारीहरू बढी प्रभावित हुन सक्ने कानुन व्यवसायीहरूको चेतावनी छ।

यद्यपि यो निर्णयले ग्रिनकार्ड स्वतः रद्द हुने वा सबै ग्रिनकार्डधारीलाई असर गर्ने भने होइन। तर विदेश यात्रा गर्नुअघि आफ्नो आपराधिक वा अध्यागमन इतिहासबारे अध्यागमन वकिलसँग परामर्श लिन विज्ञहरूले सुझाव दिएका छन्। सुप्रीम कोर्टको यो फैसलाले विदेश यात्रा गर्ने लाखौं ग्रिनकार्डधारीहरूलाई थप सतर्क रहनुपर्ने सन्देश दिएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected