एचईबी आईएसडी नेतृत्वसँग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम सम्पन्न
डलास, टेक्सस – नेपाली समाज टेक्सस (Nepalese Society of Texas) को आयोजनामा एचईबी आईएसडी (HEB ISD) का उच्च नेतृत्वसँग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम आइतबार युलेसमा सम्पन्न भएको छ।
कार्यक्रममा एचईबी आईएसडीका सुपरिन्टेन्डेन्ट डा. जो ह्यारिङ्टन तथा एचईबी आईएसडी बोर्ड अफ ट्रस्टीका सदस्य डा. जोन बिग्गन विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली समुदायका अभिभावक, विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यहरूले शिक्षा, भाषा पहुँच, सांस्कृतिक समावेशिता र विद्यार्थीको शैक्षिक सफलतासँग सम्बन्धित विविध विषयमा आफ्ना अनुभव, जिज्ञासा तथा सुझाव राखेका थिए।

अन्तरक्रियामा विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, नेपाली मूलका विद्यार्थीहरूको शैक्षिक प्रगति तथा आवश्यक सहयोगका विषयमा खुला छलफल भएको आयोजकले जनाएको छ।
नेपाली समाज टेक्ससले यस्तो संवादले एचईबी आईएसडी र नेपाली समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न एचईबी आईएसडी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूको महत्वपूर्ण सहयोग रहेको नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले बताए। उनले नेपाली समुदाय र विद्यालय प्रशासनबीचको यस्तो प्रत्यक्ष संवादले विद्यार्थी तथा अभिभावकका समस्या समाधान गर्न र आपसी सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर
-
युलेस, टेक्सास-मानव सेवा नै ...
-
अमेरिकामा वैध आप्रवासन (Legal Immigration) ...



















