अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अमेरिकाका लागि अरू केही नरहेको अमेरिकी सरकारले जनाएको छ। नेपाल र चीनस्थित अमेरिकी दूतावासहरूले अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै विपद् राहत प्रयासमा समेत नजिकबाट समन्वय गरिरहेका छन्।

अमेरिकाले नेपालका बाढीपीडित जनताको साथमा उभिँदै ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने भएको छ।

यसअन्तर्गत बाढीबाट प्रभावित १० हजारसम्म घरपरिवारलाई तीन महिनासम्मका लागि आपत्कालीन खाद्य सहायता समेत उपलब्ध गराइनेछ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected