ग्रीनभिल नेपाली समाजद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ६ लाख ७९ हजार ५ सय सहयोग
सेप्टेम्बर ३, २०२६
ग्रीनभिल (टेक्सास), अमेरिका
अमेरिकाको टेक्सासस्थित ग्रीनभिल नेपाली समाजले नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६ लाख ७९ हजार ५ सय पठाएको छ।
समाजले सेप्टेम्बर १२ मा आयोजना गर्ने तय गरेको तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रममा खर्च हुने रकममा थप रकम जुटाएर राहत कोषमा सहयोग पठाएको असोक भुसालले जानकारी दिनुभयो।
सहयोग रकम व्यवस्थापनको जिम्मेवारी डोलराज भुसालले निर्वाह गर्नुभएको थियो भने नेपालमा रकम पठाउने कार्यमा नरहरि सिलवालले सहयोग गर्नुभएको थियो।
डलास नजिकै रहेको सानो तथा विकसित हुँदै गएको ग्रीनभिल सहरमा हाल करिब २० नेपाली परिवार बसोबास गर्दै आएका छन्। नेपालीहरूको बसोबास बढ्दै गएको यस क्षेत्रमा ग्रीनभिल नेपाली समाजले होली, तीज, खेलकुदलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।
सम्बन्धित खवर
-
अमेरिका/क्यानडा — अमेरिकाको ...
-
ओहायो — अमेरिकाको ओहायो राज्यमा ...




















