डालासमा ‘तीज फेस्ट २०२६’ आयोजना हुँदै, बाढीपीडितको सहयोगका लागि प्रत्येक टिकटबाट १० डलर सहयोग गरिने
अमेरिकाको टेक्सासस्थित डाखास/इभिङ क्षेत्रमा हिन्दू नारीहरूको महान् पर्व तीजको अवसरमा ‘तीज फेस्ट २०२६’ आयोजना हुने भएको छ। ‘नमस्ते इन्टरटेनमेन्ट’को प्रस्तुतिमा आयोजना हुन लागेको उक्त कार्यक्रम सेप्टेम्बर १२ तारिख साँझ ६ बजेदेखि बिहान २ बजेसम्म चल्नेछ।
कार्यक्रम अर्भिङस्थित नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बार (2234 W Walnut Hill Ln, Irving, TX, 75038) मा हुनेछ।
लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति नेपाली सुगम संगीत तथा लोकदोहोरी क्षेत्रका चर्चित गायिका सिन्धु मल्ल र गायक/संगीतकार आशिष अविरलको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको आफ्टर पार्टीमा डिजे राजले सहभागीहरूलाई मनोरञ्जन गराउनेछन्।
नेपालका बाढीपीडितलाई राहत सहयोग ‘टुगेदर फर नेपाल: फ्लड रिलिफ इनिसिएटिभ’ अभियान अन्तर्गत कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन्। बिक्री भएको प्रत्येक टिकटबाट १० अमेरिकी डलर नेपालमा हालै आएको बाढीबाट प्रभावितहरूका लागि सहयोग गरिनेछ। सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMO Nepal) मा हस्तान्तरण गरिनेछ। साथै, कार्यक्रमस्थलमा छुट्टै दान पेटी (Donation Box) को पनि व्यवस्था गरिनेछ।
सम्बन्धित खवर
-
एप्पलले सेप्टेम्बर ९ मा आयोजना ...
-
यदि तपाईंको घरमा पुराना ...




















