संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्यूयोर्कमा
न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्न न्यूयोर्क पुगेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका प्रधानमन्त्री शाहको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रम तय भएका छन्।
न्यूयोर्कस्थित जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहले न्यूयोर्क बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्।
यस भ्रमणको मुख्य आकर्षण भने संयुक्त राष्ट्रसंघको महासभामा हुने उनको सम्बोधन हो। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विश्वका विभिन्न देशका प्रतिनिधि सहभागी हुने महासभामा प्रधानमन्त्री शाहले नेपालका धारणा तथा अन्तर्राष्ट्रिय चासोका विषय प्रस्तुत गर्नेछन्।
सम्बन्धित खवर
-
अमेरिका । नेपाली हास्य कलाकार ...
-
अमेरिकाको टेक्सासस्थित ...




















