टेनेसी, अमेरिका —अमेरिकाको टेनेसी राज्यमा आफूलाई पशु चिकित्सक (Veterinarian) भन्दै कुकुर र बिरालोको उपचार तथा शल्यक्रियासम्बन्धी प्रक्रिया गर्ने एक व्यक्ति पक्राउ परेका छन्।प्रहरीका अनुसार ४५ वर्षीय प्रशान्त पाण्डे ले नासभिलस्थित Caudle Veterinary Clinic मा लाइसेन्सबिनै पशु चिकित्सकका रूपमा काम गर्दै आएका थिए।

Metropolitan Nashville Police Department का अनुसार गत सेप्टेम्बरमा उपचार गराएपछि आफ्ना घरपालुवा जनावरको अवस्था बिग्रिएको भन्दै केही पालकले उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानकर्ताहरूले सन् २०२५ अगस्टदेखि २०२६ सेप्टेम्बरसम्मका कम्तीमा सातवटा यस्ता घटना फेला पारेका छन्।

प्रहरीका अनुसार पाण्ड्याले आफूलाई पशु चिकित्साशास्त्रमा डाक्टर (Doctor of Veterinary Medicine) का रूपमा प्रस्तुत गर्दै ‘डा. पाण्ड्या’ भन्ने गरेका थिए। उनी सेतो कोट लगाउँथे, जसमा ‘Dr. P.F. Pandya DVM’ लेखिएको थियो।

तर अनुसन्धानका क्रममा उनले टेनेसी राज्यमा पशु चिकित्सकका रूपमा काम गर्न आवश्यक इजाजतपत्र (लाइसेन्स) कहिल्यै प्राप्त नगरेको खुलेको प्रहरीले जनाएको छ।

उनले लाइसेन्सका लागि आवेदन दिएको भए पनि आवश्यक परीक्षा उत्तीर्ण गर्न नसकेको बताइएको छ।

कति जनावर प्रभावित भए भन्ने अझै खुल्न बाँकी

पाण्ड्याको उपचारका कारण कति कुकुर र बिरालो प्रभावित भए, उनी कहिलेदेखि लाइसेन्सबिना उपचारमा संलग्न थिए र जनावरहरूलाई वास्तवमा के–कस्तो क्षति पुग्यो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

घटनाको अनुसन्धान जारी रहेकाले उनीमाथि थप अभियोग लगाइन सक्ने प्रहरीले जनाएको छ।

Screenshot

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected