पोर्टल्याण्ड-खेलकुदबाट देशको लागि केहि गर्न सकिन्छ भन्ने उदाहरण दिवाकर महर्जनकाे सूत्र रहेकाे छ । तेक्वान्दाे खेल मार्फत आफनाे क्षमता अमेरिकामा बसेर पनि देखाएका छन् ।
पाटनमा जन्मे हुर्केका महर्जन शुरुमा आफ्नो ब्यक्तीगत सुरक्षाका लागि तेक्वान्दो सिकेका थिए तर हाल उनि बिगत २५ बर्षदेखी अमेरिकाको ओरेगनमा हजारौ अमेरिकनलाई तेक्वान्दो प्रशिक्षण दिन ब्यस्त छन् । खेलकुद मार्फत नै देश र समाजलाई केहि गर्न सकिन्छ भनेर आफ्नै प्रयासमा देश अनि बिदेशमा अन्तराष्ट्रिय स्तरका कार्यक्रम समेत आयोजना गर्दै आएका महर्जनलाई पत्नी मिनु पनि आफु जस्तै खेलाडि प्रशिक्षकको साथ पाए पछि झनै सुनमा सुगन्ध थपिएको छ । स्थानिय क्षेत्रमा राम्रो समाजसेवीका रुपमा चिनिएका महर्जन देशमा महाभुकम्प जांदा हजारौ डलर पठाउन पनि सफल भएका थिए । एउटा खेलाडिको लोभलाग्दो ब्यवसायीक सफलता अनि देश प्रेमका बारेमा पत्रकार सुर्य थापाले महर्जनले ओरेगन पोर्टल्याण्डमा रहेको तेक्वान्दो स्कुलमा पुगेर गरेको कुराकानी ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















