सामाजिक सुरक्षा भत्ताका लागि मरेकी हजुरआमाको लाश १५ बर्षसम्म फ्रिज़रमा
अमेरिका– अमेरिकाको पेन्सिल्भेनिया राज्यमा एक महिलालाइ आफ्नी हजुरआमालाई सामाजिक सुरक्षा भत्ताका लागि १५ वर्षसम्म फ्रिजरमा राखेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार हजुरआमा ग्लेनोरा रेकॉर्ड डेलाहे को ९७ बर्षको उमेरमा सन् २००४ मा मृत्यु भै सकेको थियो तर उनकी नातिनी सिन्थिया क्यारोलिन ब्ल्याकले लासलाई १५ बर्ष सम्म फ्रिज़रमा राखेर उनको नाम को सामाजिक सुरक्षा भत्ता बुज्दै आएकी थिइन । लास लाई प्रहरीले गत बर्ष फेब्रुवरीमा उनको घर बाट बरामत गरेको थियो । उनले प्रहरीलाई बताए अनुसार सन् २००४ मा बसाई सर्दा समेत उनले लास लाई संगै लिएर गएकी थिइन् । उनलाई लाशको दुरुपयोग गरेको , गैरकानुनी रूपमा चोरी गरेको र चोरी गरेको सम्पत्ति राखेको आरोपमा योर्क काउन्टी न्यायिक केन्द्रको हिरासतमा राखिएको छ । उनको पहिलो सुनुवाई यही जुन को १० तारिखमा राखिएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















